कांग्रेसले जनप्रतिनिधिहरूलाई भन्याे– क्रियाशील सदस्यता अद्यावधिक गर्नू
shilapatra.com · Wed Jun 10 08:54:00 GMT 2026

नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूलाई आजसम्ममा आफ्नो क्रियाशील सदस्यता अद्यावधिक गर्न निर्देशन दिइएको छ ।
कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सबै तहका पदाधिकारी र जनप्रतिनिधिहरूलाई क्रियाशील सदस्यता अद्यावधिक गर्न निर्देशन दिएका हुन् ।
आजसम्म अद्यवाधिक नगरे आउँदो १५औँ महाधिवेशनमा सहभागी हुन नपाउने भनिएको छ । कांग्रेसले १५ औं महाधिवेशनका लागि सदस्यता अद्यावधिक गर्ने समय आजसम्म तोकेको छ ।
महामन्त्री पौडेल नेतृत्वको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले क्रियाशील सदस्य रहेका संघीय संसद्का सबै सदस्यहरू, प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा प्रदेश सभा सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधिहरूले २७ जेठभित्र आफ्नो क्रियाशील सदस्यता अनिवार्य रूपमा अद्यावधिक गर्न निर्देशन दिएको हो ।
प्रकाशित मिति: बुधबार, जेठ २७, २०८३
१४:३९
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)