मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रिय सभा अन्तर्गतको विपद् अनुगमन समितिले सरकारसँग माग्यो बाढी प्रभावित ४९ वडाको विवरण

hamrakura.com · Tue Oct 27 00:00:00 GMT 2026

काठमाडौँ। राष्ट्रिय सभाअन्तर्गतको 'भोटेकोशी एवम् कालीगण्डकी तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति' ले बाढी प्रभावित ४९ वडामा भएको क्षति र राहत वितरणको विस्तृत विवरण सरकारसँग माग गरेको छ।

समितिका सभापति कृष्णप्रसाद पौडेलका अनुसार प्रभावित पालिका र वडास्तरमा वितरण गरिएको राहत र क्षतिको विस्तृत विवरण विना अनुगमन प्रभावकारी नहुने भएकाले नगद, खाद्यान्न तथा अन्य राहतको तथ्याङ्क माग गर्ने निर्णय भएको हो। समितिले प्रत्येक वडाको क्षतिको अभिलेख वडाध्यक्ष र प्राविधिकको हस्ताक्षरसहित तयार पार्न र मानवीय क्षति, बेपत्ता, विस्थापित, पशुपन्छी, खेतीपाती, पूर्वाधार तथा विद्यालयको अवस्था समेटिएको एकीकृत विवरण बुझाउन सरकारलाई सुझाव दिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)