गोलबजारका तत्कालीन मेयर सहित सात जनाविरूद्ध भ्रष्टाचार मुद्दा
setopati.com · Tue Oct 27 09:52:23 GMT 2026

सिराहाको गोलबजार नगरपालिकाका तत्कालीन नगर प्रमुख देवनाथ साहु तेलीसहित ७ जनाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
नगरपालिकाको पशु हाटबजार, बाख्रा हाटबजार र गुदरी हाटबजारको ठेक्का तथा राजस्व संकलनमा अनियमितता गरी सार्वजनिक सम्पत्तिमा १ करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियारले उनीहरूविरूद्ध मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)