अमेरिकी मध्यावधि निर्वाचनमा विज्ञापन खर्च १२ अर्ब डलर पुग्ने अनुमान
hamrakura.com · Tue Oct 27 00:00:00 GMT 2026

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको राजनीतिक दिशा निर्धारण गर्ने मध्यावधि निर्वाचन आगामी नोभेम्बर ३ मा हुँदै छ। कङ्ग्रेसका दुवै सदन, ३६ राज्यका गभर्नर र हजारौँ राज्यस्तरीय पदका लागि हुन लागेको यस निर्वाचनमा राजनीतिक विज्ञापनमा करिब १२ अर्ब अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ।
प्रतिनिधिसभाका ४३५ सिटमध्ये बहुमतका लागि २१८ सिट आवश्यक पर्नेमा हाल रिपब्लिकनसँग २१८ र डेमोक्रेटसँग २१४ सिट रहेका छन्। डेमोक्रेटले बहुमतका लागि कम्तीमा तीन सिटको खुद लाभ लिनुपर्नेछ। त्यस्तै, सिनेटका ३५ सिटमा पनि निर्वाचन हुँदै छ, जहाँ रिपब्लिकनको ५३ सिट छ भने डेमोक्रेट तथा तिनलाई समर्थन गर्ने दुई स्वतन्त्र सदस्यसहित ४७ सिट रहेका छन्। सिनेटको नियन्त्रण हासिल गर्न डेमोक्रेटले चार सिटको खुद लाभ लिनुपर्ने हुन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)