डोटीमा जिप दुर्घटना हुँदा दुइको मृत्यु, ६ घाइते
nayapatrikadaily.com · Sat Feb 18 00:48:00 GMT 2023
डाेटीकाे केआईसिंह गाउँपालिका–१ लोलिमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटी केआइसिंह–१ महादेव बस्ने बर्ष ३६का चालक गोविन्द शाही, केआइसिंह–२ जारिमभाडी बस्ने बर्ष ४१ का धनबहादुर तिरुवाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
शुक्रबार राति साढे ११ बजेतिर भएकाे दुर्घटनामा परी ६ जना घाईते भएका छन् । केआईसिंह गाउँपालिका डुम्राकोट बस्ने बर्ष २७ को तेज तिरुवा र उनकी श्रीमती बर्ष २६ की राधा तिरुवाकाे अवस्था गम्भीर रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)