मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपाली बजारमा सुनको मूल्य बढ्यो

barnanmedia.com · Tue Oct 27 10:07:03 GMT 2026

काठमाडौँ — नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेर प्रतितोला २ लाख ८२ हजार ३०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन सोमबार छापावाल सुन प्रतितोला २ लाख ८१ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।

यसैगरी, आज चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ। चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर प्रतितोला ३ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदी प्रतितोला ३ हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)