विष्णु पौडेलले भने– स्थानीय तह निर्वाचनमा एमालेले प्रभाव र सामर्थ्य देखाउनुपर्छ
baahrakhari.com · Tue Oct 27 10:20:06 GMT 2026

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आउँदो स्थानीय तह निर्वाचनमा पार्टीले आफ्नो प्रभाव र सामर्थ्य प्रदर्शन गर्नुपर्ने बताएका छन् । यही वर्ष मंसिर २ र ३ गते आयोजना गर्न लागिएको राष्ट्रिय भेलाको तयारी बैठकमा मंगलबार (कात्तिक १०) उनले एमालेलाई पुरानै राजनीतिक धारमा फर्काउनुपर्नेमा जोड दिए ।
राष्ट्रिय भेलामार्फत पार्टीपंक्तिलाई उत्साहित र सक्रिय बनाउँदै राजनीतिक चुनौतीको सामना गर्न तयार पारिने उनले बताए । “सडकमा जानुपर्दा सडकको तयारी र निर्वाचनमा जानुपर्दा निर्वाचनकै तयारीका साथ अघि बढ्नुपर्छ,” उपाध्यक्ष पौडेलले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)