मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इतिहास रच्दै विश्वकपबाट बाहिरियो कंगो

ratopati.com · Wed Jul 01 18:52:00 GMT 2026

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम ३२ को प्रतिस्पर्धामा बलियो टोली इंग्ल्याण्डसँग २–१ ले पराजित हुँदै डीआर कंगो विश्वकपबाट बाहिरिएको छ । एटलान्टा स्टेडियममा नेपाली समय अनुसार बुधबार राति भएको खेलमा उत्कृष्ट सुरुवात गरे पनि कंगोले दोस्रो हाफमा अग्रता जोगाउन नसक्दा उसको सुखद यात्रा समाप्त भयो । पराजित भएर बाहिरिए पनि ५२ वर्षको लामो प्रतीक्षापछि विश्वकपको मञ्चमा फर्किएको कंगोका लागि यो संस्करण निकै ऐतिहासिक बनेको छ ।

समूह ‘के’ मा रहेको कंगोले समूह चरणदेखि नै उत्कृष्ट खेल प्रदर्शन गर्दै पहिलो पटक नकआउट चरणसम्मको यात्रा तय गरेको थियो । जुन १७ मा भएको आफ्नो पहिलो खेलमै बलियो टोली पोर्चुगललाई १–१ को बराबरीमा रोक्दै कंगोले प्रतियोगितामा उत्कृष्ट सुरुवात गर्‍यो । त्यसपछिको दोस्रो खेलमा जुन २४ मा कोलम्बियासँग निकै कडा प्रतिस्पर्धा गरे पनि कंगो १–० को साँघुरो अन्तरले पराजित हुन पुग्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)