सुक्खा बन्दरगाहका प्रवेशद्वार २४ घण्टा सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन
corporatenepal.com · Tue Oct 27 10:20:59 GMT 2026

काठमाडौँ । प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल र बारा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य अरविन्द साहले वीरगञ्ज भन्सार कार्यालय मातहत रहेका तत्कालिन वीरगञ्जको सुक्खा बन्दरगाह र वीरगञ्ज एकीकृत जाँचचौकीको स्थलगत अनुगमन गरेका छन् ।
सार्वजनिक–निजी साझेदारी (पीपीपी) अवधारणाअन्तर्गत निजी क्षेत्रमार्फत सञ्चालन भइरहेका ती बन्दरगाहको भौतिक पूर्वाधार, व्यवस्थापकीय अवस्था तथा सञ्चालन प्रक्रियाबारे जानकारी लिने उद्देश्यले अनुगमन गरिएको पूर्वाधार विकास समितिका सभापति गजुरेलको निजी सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)