तिहारमा ५२ लाख माला खपत हुने अनुमान
nagariknews.nagariknetwork.com · Tue Oct 27 10:22:18 GMT 2026

आगामी तिहारमा काठमाडौँ उपत्यकामा करिब ५२ लाख वटा फूलका माला खपत हुने अनुमान गरिएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा आगामी तिहारमा सयपत्री फूलका ४५ लाख र मखमलीका छ लाख, गोदावरीका २० हजार र मिक्स फूलका ६० हजार माला खपत हुने जनाएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठले यस पटकको तिहारमा स्वदेशी उत्पादनकै फूल र मालाले धान्ने दाबी गरे।
‘तिहारमा करिब ५२ लाख विभिन्न फूलका माला आवश्यक पर्ने अनुमान गरेका छौँ’, उनले भने, ‘५२ लाख फूलका मालाका लागि करिब ४८ करोडको कारोबार हुने अपेक्षा गरिएको छ।’ अध्यक्ष श्रेष्ठले एसोसिएसनले ५२ लाख मालामध्ये करिब ४० लाख माला स्वदेशी उत्पादनबाटै हुने अपेक्षा गरिएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)