मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

माइकल ज्याक्सनको अवतारमा गायक शान, दुबईमा दर्शक चकित

kalakarmi.com · Tue Oct 27 10:29:19 GMT 2026

मुम्बई- भारतीय पाश्र्वगायक शानले दुबईमा आयोजित कन्सर्टमा पप संगीतका चर्चित गायक माइकल ज्याक्सनलाई सांगीतिक श्रद्धाञ्जली दिएका छन् । उनले ज्याक्सनको लोकप्रिय गीत ‘बिली जिन’ गाउनुका साथै उनका चर्चित नृत्य शैलीसमेत प्रस्तुत गरेका छन् ।

दुबईस्थित कोका–कोला एरिनामा आफ्नो ‘अल अफ मी टुर’ अन्तर्गत प्रस्तुति दिँदै शानले ज्याक्सनको चर्चित मुनवाकसहितका नृत्य प्रस्तुत गरेका हुन् । रोमान्टिक हिन्दी गीतका लागि परिचित शानको फरक शैलीको प्रस्तुतिले दर्शकलाई आश्चर्यचकित बनाएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)