टी–२० विश्वकपमा भारतको दोस्रो जित
annapurnapost.com · Sat Nov 06 06:35:00 GMT 2021
दुबई : यूएईमा जारी टी–२० विश्वकपमा भारतले दोस्रो जित हात पारेको छ। शुक्रबार राति दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा भारतले स्कटल्याण्डलाई ८ विकेटले पराजित गरेको हो ।
टस जितेर फिल्डिङ रोजेपछि भारतले जितका लागि ८६ रनको सामान्य लक्ष्य पाएको थियो । सो लक्ष्य भारतले ६.३ ओभरमै २ विकेटको क्षतिमा भेट्टायो । उसका लागि केएल राहुलले ५० रन बनाए । उनले १९ बलको सामना गर्दै ३ छक्का र ६ चौका हिर्काए । त्यस्तै रोहित शर्माले ३० रन जोडे ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)