मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ओली भन्छन्- पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे

hamrakura.com · Tue Oct 27 00:00:00 GMT 2026

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजमा नक्कली भगवानहरू जन्मिएर हैरान पारेको टिप्पणी गरेका छन्। मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै ओलीले धार्मिक मान्यता, योग दर्शन र समाजमा देखिएको अन्धभक्तिप्रति व्यङ्ग्य गरेका हुन्।

पार्वतीले देवताहरूलाई निसन्तान हुने सराप दिएपछि सक्कली देवता जन्मिने क्रम रोकिएको र त्यसपछि नक्कली भगवानहरू जन्मिन थालेको उनले बताएका छन्। उनले पछिल्लो समय योगलाई ईश्वरसँग जोडेर भ्रम सिर्जना गर्न खोजिएको आरोप लगाएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)