मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गोलबजारका तत्कालीन मेयर साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

rajdhanidaily.com · Tue Oct 27 10:42:48 GMT 2026

सिरहा । सिरहाको गोलबजार नगरपालिकामा पशु हाटबजार, बाख्रा हाटबजार तथा गुद्री हाटबजारको ठेक्का र राजस्व छुटसम्बन्धी अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन नगर प्रमुख देवनाथ साह तेलीसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियारका अनुसार आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा हाटबजारको ठेक्का विवादित व्यक्तिलाई रकम हिनामिना गर्ने गरी दिइएको, सम्झौताअनुसार राजस्व असुल नगरी बाँकी रकमसमेत हिनामिना गरिएको तथा सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्‍याइएको भन्दै मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)