वार्षिक ११ अर्बको निर्यात गर्ने जुट उद्योग संकटमा, भारतसँग तत्काल ‘इकोनोमिक डिप्लोमेसी’ थाल्न रास्वपा सांसद लिमा अधिकारीको माग
ratopati.com · Tue Oct 27 10:47:51 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा पार्टीको अर्थ विभाग प्रमुख लिमा अधिकारीले संकटोन्मुख स्वदेशी जूट क्षेत्रलाई जोगाउन सरकारले भारतसँग तत्काल आर्थिक कूटनीति(इकोनोमिक डिप्लोमेसी) अघि बढाउनुपर्ने माग गरेकी छिन् । मंगलबार मोरङ–सुनसरी औद्योगिक करिडोरका जूट उद्योगहरूको स्थलगत अवलोकनपछि उनले यस्तो धारणा सार्वजनिक गरेकी हुन्।
कुल १० देखि ११ वटा साना–ठूला जूट मिलहरू स्थापना भएको मोरङ–सुनसरी र झापा क्षेत्रमा हाल ६ वटा उद्योग मात्र सञ्चालनमा छन् भने ५ वटा बन्द भइसकेका छन्। वि.सं. १९९३ मा स्थापित नेपालको पहिलो तथा ऐतिहासिक ‘विराटनगर जुट मिल्स’ हाल खण्डहर अवस्थामा पुगेको छ। त्यस्तै सीएम जुट मिल र सानिमा जुट मिल लगायतका प्रशोधन उद्योगहरू पनि आर्थिक संकटका कारण बन्द भइसकेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)