कात्तिक १२ गतेदेखि गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुने, एक करोड बढीको कारोबार गर्ने
nepalpress.com · Tue Oct 27 11:00:10 GMT 2026

काठमाडौं । १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कात्तिक १२ गतेदेखि ललितपुरमा आयोजना हुने भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तिहार र छठ पर्वलाई लक्षित गर्दै कार्तिक १२ देखि १६ गतेसम्म ललितपुरको जावलाखेल खेल मैदानमा १९ औ संस्करणको रूपमा गोदावरी फूलको प्रदर्शनी आयोजना गरिएको जनाएको हो ।
गोदावरी फूलको व्यावसायिक उत्पादन, विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रदर्शनीमा ८६ वटा स्टल रहने आयोजकले जनाएको छ । त्यस्तै, प्रदर्शनीमा नर्सरी तथा फर्मले उत्पादन गरेका गोदावरी फूलका मिनिएचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र कट फ्लावर विधामा प्रतिस्पर्धा गराइने फ्लोरिकल्चर एसोसिएसन नेपालका उपाध्यक्ष एवं मेला संयोजक सुमन महर्जनले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)