जनशक्ति थपेर लालपुर्जा वितरण गरिँदै
nepalnews.com · Tue Oct 27 11:01:11 GMT 2026

चितवन। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबाससम्बन्धी समस्या यथाशीघ्र समाधान गर्न आवश्यक जनशक्ति थपेर लालपुर्जा वितरण गरिने बताएकी छन्।
जिल्लाका सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, अन्य सरोकारवाला तथा भूमि समस्या समाधान समितिका अधिकारीको छलफलपछि उनले लालपुर्जा वितरण प्रक्रियालाई तीव्रता दिन आवश्यक जनशक्ति व्यवस्थापन गरिने स्पष्ट पारिन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)