ओली भन्छन्ः पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान् जन्मिएर हैरान पारे
clickmandu.com · Tue Oct 27 11:00:39 GMT 2026

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समाजमा पछिल्लो समय नक्कली भगवान् जन्मिएर हैरान पारेको टिप्पणी गरेका छन् । मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै ओलीले धार्मिक मान्यता, योग दर्शन र समाजमा व्याप्त अन्धभक्तिप्रति व्यङ्ग्य गरेका हुन् ।
पार्वतीले देवताहरूलाई सराप दिएपछि देवताका सन्तान जन्मिने क्रम रोकिएको उल्लेख गर्दै उनले त्यसपछि समाजमा नक्कली भगवान्हरू जन्मिने क्रम बढेको बताए । भारततिरबाट आउने जोगीहरूलाई देख्नेबित्तिकै खुट्टा समातेर ढोग्ने गलत प्रवृत्ति समाजमा रहेको उनको भनाइ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)