जसपाले जितेका सिटमा एमाले र लोसपाबीच तानातान
ratopati.com
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेलको तयारीमा रहेका नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच जसपाले जितेका क्षेत्रमा तानातान भइरहेको छ । अघिल्लो निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम (हाल जसपा) ले जितेका क्षेत्रमा अहिले एमाले–लोसपा गठबन्धनबाट कसले उम्मेदवारी दिने भन्नेबारे विवाद देखिएको हो ।
एमालेसँग चुनावी गठबन्धन गर्न लोकतान्त्रिक समाजवादी पार्टी नेपालले वार्ता समिति गठन गरेको छ । वार्ता समिति गठन गर्नुअघि नै दुई दलबीच अनौपचारिक छलफलमा मधेस प्रदेशमा उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम नेपाल (अहिलेको जसपा) ले जितेका सिटमा एमाले र लोसपा दुवैले दाबी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)