कार्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमन विभागको आग्रह
annapurnapost.com · Tue Oct 27 11:20:38 GMT 2026

काठमाडौं : अध्यागमन विभागले कार्तिक १२, १३ र १४ गते पदयात्रा नगर्न र नगराउन आग्रह गरेको छ।
विभागले मगंलबार एक सूचना जारी गर्दै कार्तिक १२ देखि १४ गतेसम्म उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेको उल्लेख गरेको छ। विभागले जारी गरेको सूचनामा पर्यटकहरूलाई उच्च पहाडी र हिमाली क्षेत्रमा नजान र गइसकेको भए उक्त अवधिभर सुरक्षित ठाउँमा रहन अनुरोध गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)