हेटौंडा अस्पताललाई नेपाल जेसीजको अक्सिजन सहयोग
ratopati.com
मकवानपुर । हेटौंडा अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि अक्सिजन अभाव भएसँगै मकवानपुरमा सक्रिय रहेका सामाजिक संघ–संस्थाहरुले दैनिक रुपमा अक्सिजन सिलिन्डर सहयोग गरिरहेका छन् । जिल्लामा विभिन्न सामाजिक काम गरिरहेका व्यवसायिक संस्था, राजनीतिक दल लगायत लायन्स तथा रोटरी क्लबहरुले अस्पतालमा अक्सिजन अभाव टार्न महत्वपूर्ण भूमिका खेलेको हेटौंडा अस्पतालले जनाएको छ ।
सोही क्रममा बुधबार हेटौंडा अस्पतालमा कोरोना संक्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिन नेपाल जेसिसले १ सय १ वटा अक्सिजन सिलिन्डर सहयोग हस्तान्तरण गरेको छ । अस्पतालमा उपचाररत कोरोना संक्रमितहरुको उपचारमा लागि अक्सिजन अभाव नहोस् भन्ने उद्देश्यले नेपाल जेसिसले उक्त अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको हेटौंडा जेसिसका अध्यक्ष लिसेन बस्नेतले बताए । नेपाल जेसिसले संक्रमितको उपचारका लागि अक्सिजन सहयोग गर्ने अभियानको सुरुवात हेटौंडा अस्पतालबाट गरेको र सो कार्य अन्य जिल्लाहरुमा पनि गर्ने योजना रहेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)