अदालतमा छुट्टै सहकारी इजलास बनाउन सरकारको पहल, प्रधानन्यायाधीश सकारात्मक !
lokaantar.com

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारी ठगीसम्बन्धी मुद्दा छिटो टुंग्याउन प्रधानन्यायाधीशसँग भेटेरै विशेष इजलास गठन गर्न निवेदन दिएको खुलाएकी छन् । सहकारीका मुद्दा अन्य मुद्दासँगै सुनुवाइ हुँदा ओझेलमा पर्ने र पीडितले लामो समयसम्म न्याय पाउन नसक्ने अवस्था रहेको भन्दै उनले छुट्टै इजलासको माग गरेकी हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चुनाव जितेको चितवन पुगेर सहकारी पीडितका गुनासो सुनेपछि मन्त्री रावलले आफूले प्रधानन्यायाधीशलाई भेटेर निवेदन र अध्ययन प्रतिवेदन नै बुझाएको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)