नेपाल–चीन सम्बन्ध
gorkhapatraonline.com · Wed Jul 13 00:51:00 GMT 2022
नेपाल र चीनको सम्बन्ध हिमालझैँ अटल छ । निरन्तरको उच्चस्तरीय द्विपक्षीय भ्रमणले सम्बन्धको उचाइलाई थप प्रगाढ अनि सौहार्दता अभिवृद्धि गरेको मान्न सकिन्छ । केही समयपहिले सम्पन्न चिनियाँ विदेशमन्त्रीको भ्रमणपछि अहिले चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिऊ जियानचाओको नेपाल भ्रमण भएको छ । यो भ्रमणबाट दुई देशबीचको सम्बन्धका आयामहरू अझ फराकिलो बनाउन सहयोग पुगेको छ । यो भ्रमणको अर्को महत्वपूर्ण पक्ष भनेको चीनले नेपालसितका सम्बन्धलाई निकै महत्व दिएको स्पष्ट भएको छ ।
वर्तमान विश्वको उदाउँदो शक्ति राष्ट्र चीनसँग नेपालको सम्बन्ध तथा मित्रता ऐतिहासिक कालदेखिकै हो । यी दुई मुलुकबीच कुनै उल्लेखनीय रूपमा ठूला समस्या विद्यमान छैनन् । नेपाल र चीनको सम्बन्ध आपसी सौहार्द, सम्मान, भाइचारा तथा पञ्चशीलको सिद्धान्तमा आधारित भएकाले पनि यी दुईको सम्बन्धमा विश्वास अनि सहयोग, सहकार्य निरन्तर रूपमा अगाडि बढ्न सम्भव भएको हो । नेपालका विकास प्रयासहरूमा चीनले लामो समयदेखि नै साथ र सहयोग उपलब्ध गराउँदै आएको छ । यो तथ्यसँग अधिकांश नेपाली राम्रैसँग परिचित छन् र यो मित्रतालाई निरन्तर अगाडि बढाउन चाहने नेपालीको चाहना छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)