जसपा नेपालका प्रदेश सचिव युसुफ अलिद्वारा राजीनामा
gorkhapatraonline.com · Tue Oct 27 11:47:15 GMT 2026

राजविराज, कात्तिक १० गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश समिति सचिव मो. युसुफ अलिले पार्टीको पद तथा साधारण सदस्यसमेत नरहने गरी मंगलबार राजीनामा दिनु भएको छ ।
उहाँले आफ्नो आधिकारिक फेसबुकमार्फत राजीनामा पत्र सार्वजनिक गर्दै पार्टीभित्र व्यक्तिवादी सोच, सीमित नेतृत्वको स्वार्थ र लोकतान्त्रिक अभ्यास कमजोर हुँदै गएको आरोप लगाउनुभएको छ । मधेश जनविद्रोहबाट स्थापित संघीयता, समावेशिता, सामाजिक न्याय, पहिचान र सम्मानका मुद्दालाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै उहाँले पार्टीभन्दा मुद्दा, नेतृत्वभन्दा विचार र व्यक्तिभन्दा जनता ठूलो हुने राजीनामा उल्लेख गर्नु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)