वर्षमान फर्केलगत्तै माओवादीमा तरङ्ग, विमानस्थलबाटै महासचिवमा उम्मेदवारी घोषणा
hamrakura.com · Mon Jan 24 00:00:00 GMT 2022
काठमाडौं । नेकपा माओवादी केन्द्रमा महासचिव को बन्ने भन्ने लफडा परिरहेका बेला लामो समय चीनमा उपचार गरी स्वदेश फर्केकै दिन पूर्व सचिव वर्षमान पुन ‘अनन्त’ ले पार्टी महासचिवमा दाबी गरेका छन् । उपचारपछि स्वदेश फर्केका पुनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्ले लगत्तै सञ्चारकर्मीमाझ पार्टी महासचिवको दाबी प्रस्तुत गरेका हुन् ।
उनले विगतमा आफू पार्टीको सचिव रहेका कारण पनि स्वभाविक रुपमा महासचिवको दाबी रहेको बताएका थिए । उनको यो दाबीपछि अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्मालाई भने टाउको दुख्न थालेको छ । शर्माले यसअघि नै महासचिवमा दाबी गर्दै आएका छन् । शर्मालाई टक्कर दिने गरी पुनले आफू महासचिवको दावेदार रहेको बताएपछि माओवादीभित्र तरंग उत्पन्न भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)