विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिप खेल्न नेपाली टोली अजरबैजान जाँदै
baahrakhari.com · Wed Jul 23 17:29:25 GMT 2025
काठमाडौं । विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा सहभागी हुन सात खेलाडीसहित १३ सदस्यीय नेपाली टोली बिहीबार अजरबैजानको बाकु जाने भएको छ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका सदस्य हिमालकुमार श्रेष्ठ र जगतसिंह धामीले बुधबार एक कार्यक्रममा बिदाइ गरे । प्रतियोगिता साउन ८ देखि १२ गतेसम्म हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)