मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वाम गठबन्धन बनाउन चीनको ‘ट्र्याक टु’ संवाद

ekantipur.com · Tue Mar 29 00:57:16 GMT 2022

काठमाडौँ — नेपालमा चुनाव नजिकिँदै गर्दा वामपन्थी गठबन्धनका लागि चीनले ‘ट्र्याक टु’ संवाद अघि बढाएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले एमाले र माओवादी केन्द्रका नेताहरूसँग अनौपचारिक तहमा भेटवार्ता र सन्देश आदानप्रदानलाई सघन बनाएको छ । नेपाली नेताहरूको चीन भ्रमण पनि भइरहेको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यी तीनदिने भ्रमणका लागि शुक्रबार अपराह्न काठमाडौं उत्रिएकै दिन माओवादी केन्द्रका नेता देव गुरुङ चीनतर्फ उडेका थिए । उनी सोमबार फर्केका छन् । गुरुङ अन्तर्राष्ट्रिय सेमिनारमा सहभागी हुन चीन गएको बताइए पनि माओवादी केन्द्रीय कार्यालयमा भ्रमणबारे औपचारिक जानकारी छैन । माओवादी नेता नारायणकाजी श्रेष्ठले गुरुङको चीन भ्रमणबारे आफूलाई थाहा नभएको बताए । गुरुङ ती नेता हुन्, जसले अमेरिकी अनुदानको एमसीसी सम्झौता अनुमोदनको चर्को विरोध गरेका थिए । गुरुङसँगै माओवादी केन्द्रका नेता वर्षमान पुन र ओनसरी घर्ती पनि चीनको कुन्मिङ पुगेका थिए । स्वास्थ्य फलोअपका लागि गएका उनीहरू पनि त्यहाँ आयोजित कार्यक्रममा सहभागी भएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)