मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा

rajdhanidaily.com · Wed Jun 10 09:17:11 GMT 2026

महेन्द्रनगर । स्थानीय तहले अव्यवस्थित बसोबासी र भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा सुरु गरेका छन् । जिल्लामा नौवटा स्थानीय तह रहेका छन् । अधिकांशले पालिकाले प्राविधिक टोली खटाएर विभिन्न वडामा धमाधम नापनक्सा कार्य सुरु गरेका हुन् ।

शुक्लाफाँटा नगरपालिका प्रमुख रणबहादुर महराले आजदेखि वडास्तरमा पुगेर नापजाँच सुरु गरिएको बताए । नगरपालिकाका नंं ५, १० र ११ मा नापनक्सा भइरहेको उनले जानकारी दिए । “छवटा वडाको नापजाँच पहिले नै गरिसकेका थियौँ, हाल तीनवटा वडामा काम सुरु गरेका छौँ”, नगरप्रमुख महराले भने, “वडा नं ६, ७ र ८ को बर्खा सकिएलगत्तै नापनक्साका लागि टोली फिल्डमा खटिनेछ ।”

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)