कर्णाली याक्सले गुमायो ६ विकेट
ratopati.com · Tue Oct 27 12:36:39 GMT 2026
काठमाडौँ। कर्णाली याक्सका अबकर अलि र गुलशन झा पनि आउट भएका छन् । अलि हरमित सिंहको बलमा एलबीडब्ल्यू आउट भएका हुन्। यस्तै झा ९ बलमा १२ रन बनाएर आउट भएका हुन्।
नेपाल प्रिमियर लिग(एनपीएल) को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सविरूद्ध कर्णाली याक्सले १५.२ ओभरमा ६ विकेट गुमाउँदै १०३ रन बनाएको छ । अहिले सोमपाल कामी र पवन सर्राफ ब्याटिङमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)