मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फ्रान्स विरुद्व अर्जेन्टिनाको अग्रता दोब्बर

deshsanchar.com · Sun Dec 18 15:41:29 GMT 2022

विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिनाले फ्रान्स विरुद्व अग्रता दोब्बर बनाएको छ। एञ्जल डी मारियाले अर्जेन्टिनाका लागि दोस्रो गोल गर्दै पहिलो ३६ औ मिनेटमानै अर्जेन्टिनालाई २-० को अग्रता दिलाएका हुन्।

डि मारियाले ३६ औ मिनेटमा गोल गरेका थिए। त्यसअघि विश्वकप फुटबलमा अर्जेन्टिनाले अग्रता लियोनेल मेसीको पेनाल्टीमा अर्जेन्टिनाले फ्रान्स विरुद्ध अग्रता हासिल गरेको थियो। डेम्बेलेले डिमारियालाई लडाएपछि पाएको पेनाल्टीलाई लियोनेल मेसीले सदुपयोग गर्दा अर्जेन्टिनाले २३ औ मिनेटमा अग्रता बनाएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)