मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कमजोरी स्वीकार्छौँ, सच्च्याउँछौँः सभापति थापा

gorkhapatraonline.com · Tue Oct 27 12:49:13 GMT 2026

। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विगतमा भएका कमजोरी स्वीकार्दै नयाँ दिशामा पार्टीलाई लैजाने उल्लेख गर्नुभएको छ । एक सय १३ औँ विपी जयन्तीको अवसरमा विपी स्मृति पुस्तकालय, गण्डकी प्रदेशले मङ्गलबार पोखरामा आयोजना गरेको कार्यक्रममा सभापति थापाले सो धारणा राख्नुभएको हो ।

देशकै पुरानो पार्टी कांग्रेसले विगतको कुरामात्र नगरी वर्तमानका समस्या समाधान गर्दै सुन्दर भविष्यको सपना पनि साकार पार्ने उहाँको भनाइ छ । “हामी हिजोका कुरामात्र गर्दैनौँ, आजका समस्या पनि समाधान गर्न सक्छौँ । विगतमा केही कुरामा कमजोरी भएका छन्,” सभापति थापाले भन्नुभयो, “कमजोरीबाट भाग्ने होइन, स्वीकार्दै सच्च्याउँदै जान्छौँ ।”

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)