के हो आनी छोइङ डोल्माको नियुक्ति विवाद ?
kendrabindu.com · Tue Oct 27 12:48:05 GMT 2026

काठमाडौं । ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ भन्ने गीतबाट नेपालीको मन जितेकी आनी छोइङ डोल्मा अहिले फेरि चर्चामा छिन् । तर यसपटक उनको चर्चा संगीत वा सामाजिक सेवाका कारण होइन, लुम्बिनी विकास कोषको उपाध्यक्षमा भएको नियुक्ति र उनीसँग जोडिएका पुराना विवादका कारण भइरहेको छ ।
बौद्ध भिक्षुणीहरूको शिक्षा, मिर्गौलाका बिरामीलाई सहयोग र विभिन्न मानवीय अभियानमा सक्रिय रहँदै आएकी आनीलाई सरकारले भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको विकास तथा संरक्षण गर्ने संस्थाको नेतृत्वमा पु¥याएको छ । उनको नियुक्तिलाई कतिपयले सामाजिक योगदानको सम्मान मानेका छन् भने कतिपयले विगतका विवाद र छनोट प्रक्रियामाथि प्रश्न उठाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)