मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

शरद् ऋतुको आरोहण : ३४ देशका नागरिकले लिए अनुमति

abhiyandaily.com

काठमाडौं । अटम सिजन अर्थात् शरद्ऋतुमा हिमाल तथा अग्ला चुचुरा (पीक) आरोहण गर्न विभिन्न ३४ देशका नागरिकले पर्यटन विभागबाट अनुमति लिएका छन् । सगरमाथासहित ६ ओटा हिमाल तथा पीक आरोहण गर्न ती देशबाट महिला र पुरुष गरी १६७ जनाले अनुमति लिएको पर्यटक विभागले जानकारी दिएको छ ।

हिमाल तथा पीक आरोहण गर्न उनीहरूलाई अनुमति दिँदा यो सिजनमा २ करोड १३ लाख रुपैयाँ राजस्व संकलन भएको छ । पर्यटन विभागको १५ गतेसम्मको तथ्यांकअनुसार उक्त संख्याका पर्यटकले अनुमति लिएका हुन् । अहिलेसम्म सगरमाथा, धवलागिरि, हिम्लुङ मनासलु, नुप्से र सरीबुङ हिमाल आरोहण गर्न विभागले अनुमति दिएको छ । ती पर्यटकले १९ दलबाट आरोहणका लागि अनुमति लिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)