पोखरामा सुकुमवासी परिवारको जीवन बिमा
rajdhanidaily.com · Wed Jun 10 09:21:46 GMT 2026

कास्की । पोखरा महानगरपालिका १२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ भएकाका लागि म्यादी जीवन बिमा कार्यक्रम सुरु गरेको छ। आर्थिक अभावका कारण बिमा सेवाको पहुँचबाट टाढा रहेका सुकुमवासी तथा विपन्न परिवारलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने उद्देश्यसहित वडाले लिवर्टी माइक्रो इन्स्योरेन्स कम्पनीमा ४४ परिवारको निःशुल्क जीवन बिमा गरिदिएको हो।
दैनिक जीविकोपार्जनमै संघर्ष गरिरहेका परिवारलाई आकस्मिक दुर्घटना, बिरामी वा मृत्युजस्ता जोखिमबाट हुने आर्थिक क्षति कम गर्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)