महाकाली: छानविन गर्न सरकारले बनायो पाँच सदस्यीय समिति, १० दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने
annapurnapost.com · Sun Aug 01 22:32:00 GMT 2021
काठमाडौँ: तुइनबाट महाकाली नदी तर्ने क्रममा खसेर वेपत्ता भएका दार्चुलाका जयसिंह धामीको घटना छानविनका लागि गृह मन्त्रालयले पाँच सदस्यीय छानविन समिति गठन गरेको छ । आइतबार गृहमन्त्री बालकृष्ण खाणले गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेका हुन् ।
छानविन समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कंडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशन हुतराज थापा, सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक जिल्ला अधिकारी ज्योत्स्ना भट्ट सदस्य छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)