पोखराका राजु पानीको इनारमा मृत भेटिए
hamrakura.com · Wed Oct 27 00:00:00 GMT 2021
पोखरा । पोखरामा एक युवक इनारमा मृत अवस्थामा भेटिएका छन् । पोखरा महानगरपालिका वडा नं. ३१ बेगनास बसपार्कस्थित पानीको ईनारमा उनी मृत भेटिएका हुन् ।
कास्की अन्नपूर्ण गाउँपालिका वडा नं. ३ भदौरे देउरालीका २३ वर्षका राजु लामिछाने मृत अवस्थामा भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)