कालीगण्डकी कोरिडोरमा व्यापारिक चहलपहल
gorkhapatraonline.com · Tue Oct 27 14:20:50 GMT 2026

कोरला नाका सञ्चालनमा आएपछि चिनियाँ सामानको आयात बढ्नु र दसैँ–तिहारको बिदामा मुस्ताङ घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेसँगै कालीगण्डकी कोरिडोरमा व्यापारिक गतिविधि बढ्न थालेको छ ।
कोरला नाका सञ्चालनमा आएसँगै मुस्ताङ हुँदै चीनबाट हुने व्यापारिक गतिविधि बढेको छ । गत भदौं १० गतेको भोटेकोशी नदीमा आएको विनाशकारी वाढीले रसुवागढी नाका क्षतिग्रस्त भएपछि कालीगण्डकी कोरिडोरको मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडकमा मालवाहक सवारीको चाप बढेको छ । यसले सडक छेउछाउमा रहेका बजारको आर्थिक गतिविधिलाई चलायमान बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)