मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

नेपाल टेलिकमले ल्यायो एनपीएल अनलिमिटेड प्याकेज

arthasansar.com · Tue Oct 27 14:26:29 GMT 2026

नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित गरी ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ । यस अन्तर्गत नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड मोबाइल प्रयोगकर्ताहरुले ५९९ रुपैयाँ मा उक्त प्याकेज खरिद गर्न सक्नेछन् । यस अन्तर्गत ३३३ मिनेट अल–नेट भ्वाइस कल गर्न सकिने छ भने प्रतिदिन ८ जीबी डाटा उपलब्ध हुनेछ ।

आज (२०८३ कात्तिक १०) देखि आगामी २०८३ मंसिर ५ गते सम्म प्याकेज खरिद गर्न सकिने छ । सो प्याकेज चलाउन सकिने समयावधि ३० दिनको हुनेछ । पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुले लिएको प्याकेजको शुल्क मासिक रेन्टल चार्जमै समावेश हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)