बजेट प्रक्रिया र कर हेरफेरबारे संसदीय छानबिन समिति गठन गर्न शाहीको माग
nagariknews.nagariknetwork.com · Wed Jun 10 08:34:08 GMT 2026

प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीले ठूलो वित्तीय अनियमितता वा आर्थिक अपराधको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन आफूहरू तयार रहेको बताएका छन्।
अर्थमन्त्री स्वर्णिम वाग्लेले अर्थ समितिको बैठकमा ठूलो वित्तीय अनियमितताका विषयमा छानबिन गर्न सरकार प्रतिबद्ध रहेको बताएसगैं शाहीले संसद र संसदीय समितिमार्फत आवश्यक सहयोग गर्न तयार रहेको बताएका हुन्।
साथै बजेट निर्माण प्रक्रियासम्बन्धी सूचना चुहावट, करका दरमा गरिएको भनिएको हेरफेर तथा राज्यलाई अर्बौं रुपैयाँ राजस्व नोक्सानी पुग्ने सम्भावित विषयमा निष्पक्ष र विश्वसनीय संसदीय छानबिन समिति गठन गर्न आग्रह समेत गरेका छन्।
उनले संसदीय छानबिन समिति गठन गर्न हिचकिचाउन नहुने बताउँदै सत्यतथ्य बाहिर ल्याउने उचित माध्यम निष्पक्ष छानबिन नै भएको बताएका छन्।
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
स्वर्णिम वाग्ले