उपराष्ट्रपतिद्वारा शुभकामना
gorkhapatraonline.com · Wed Aug 26 01:22:18 GMT 2026

उपराष्ट्रपति रामसहायप्रसाद यादवले मोहम्मद जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै देश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम समुदायमा सुख, शान्ति, समृद्धि, दीर्घायु र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
शुभकामना सन्देशमा उल्लेख छ, “यो जयन्तीले सत्य, सहिष्णुता, सदाचार र सामाजिक समरसताको मार्गमा अग्रसर हुन स्मरण गराउँछ । करुणा, सहिष्णुता र मानवताप्रति समर्पित रहन तथा धार्मिक सद्भाव र भाइचारालाई बलियो बनाउन प्रेरित गर्दछ । यस अवसरले मानव सभ्यतालाई शान्ति, न्याय र समानताको मूल्यमान्यतामा दृढ रहन मार्गदर्शन गर्ने विश्वास लिएको छु ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)