काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित विदेशी चलचित्रकर्मी सहभागी हुने
nepalnews.com · Tue Oct 27 14:38:44 GMT 2026

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले कात्तिक १३ देखि १५ गतेसम्म आयोजना गर्ने काठमाडौँ फिल्म फेस्टिभलमा भारतीय अभिनेत्री शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रका विशिष्ट व्यक्तित्व सहभागी हुने भएका छन्। फेस्टिभलमा सांघाई फिल्म एकेडेमी तथा फिल्म आर्ट्स रिसर्च सेन्टरका विशिष्ट प्राध्यापक मार्को मुलर, जापानी चलचित्र निर्देशक ताकायुकी नाकामुरा र भारतीय फिल्म प्रोग्रामर दीप्ति डीकुन्हा पनि सहभागी हुनेछन्।
काठमाडौँको प्राचीनता, मौलिकता, संस्कार, संस्कृति, परम्परा तथा मूर्त, अमूर्त र अभिलेख सम्पदाको प्रवर्धन गर्ने उद्देश्यले फेस्टिभल आयोजना गर्न लागिएको महानगरपालिकाले जनाएको छ। पुराना पुस्ताको सम्मान गर्दै नयाँ पुस्तामा कला हस्तान्तरण गर्ने र काठमाडौँका ओझेलमा परेका कथालाई चलचित्रमार्फत उजागर गर्ने फेस्टिभलको लक्ष्य छ। यसबाट काठमाडौँको प्राकृतिक तथा सांस्कृतिक सम्पदाको पहिचान अन्तर्राष्ट्रिय स्तरमा विस्तार हुने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)