मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सप्तकोशी बोट दुर्घटना छानबिन गर्न कोशी सरकारद्वारा समिति गठन

barnanmedia.com · Tue Oct 27 14:34:57 GMT 2026

कोशी प्रदेश सरकारले सप्तकोशी नदीमा भएको यात्रुवाहक पानीबोट दुर्घटनाको सत्यतथ्य अध्ययन तथा छानबिन गर्न एक समिति गठन गरेको छ ।

प्रदेश मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पाले प्रदेश सचिव आस्मान तामाङको संयोजकत्वमा अध्ययन तथा छानबिन समिति गठन गरिएको जानकारी दिएका हुन् । समितिलाई दुर्घटनाको सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)