सिक्किममा नेपथ्यको चौथो कन्सर्ट कात्तिक १४ मा
nepalnews.com · Tue Oct 27 14:41:09 GMT 2026

काठमाडौँ। लोकरक ब्यान्ड नेपथ्य भारतको सिक्किम राज्यको राजधानी गान्तोकमा हुने कन्सर्टको तयारीमा जुटेको छ। गान्तोकस्थित पाल्जोर स्टेडियममा अक्टोबर ३१ अर्थात् कात्तिक १४ गते नेपथ्यले प्रस्तुति दिनेछ। ब्यान्ड सिक्किममा चौथोपटक प्रस्तुत हुन लागेको हो।
कन्सर्टको घोषणा भएसँगै सिक्किम सरकारले पनि यसलाई अपनत्व दिएको थियो। भारतको ८०औँ गणतन्त्र दिवसको मुख्य समारोहमा मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले कन्सर्टको टिकट र नेपथ्यको तस्बिर अंकित टिसर्ट सार्वजनिक गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)