सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड
nepalsamaya.com · Tue Oct 27 14:47:05 GMT 2026

भद्रपुर (झापा)। झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण सुस्त भएकाले सो कार्यलाई तीव्र बनाउन जोड दिइएको छ। दशकौँदेखि पुर्जाको प्रतिक्षामा रहेका नागरिकलाई यथाशीघ्र पुर्जा वितरण गर्नुपर्नेमा जोड दिइएको हो।
जिल्ला प्रशासन कार्यालय झापामा आज भएको छलफलमा झापा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य शम्भु सुस्केरा ढकालले पुर्जा वितरणमा भइरहेको ढिलाइको कारण पहिचान गरी समस्या समाधान गर्नुपर्ने बताए। “दशकौँदेखि लालपुर्जा नपाएकालाई चाँडो वितरण गर्नुपर्यो। त्यसका लागि के समस्या हो, कहाँ समस्या छ ? सबै समस्या हटाउने गरी सरकारले अध्यादेश ल्याइसक्यो, काम किन ढिला हो ?”, उनले प्रश्न गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)