भोटेकोशी बाढी प्रभावितलाई एभरेस्ट बैंक र कर्मचारीबाट राहत सहयोग प्रदान
nagariknews.nagariknetwork.com · Wed Sep 02 08:34:43 GMT 2026

एभरेस्ट बैंक लिमिटेडले हालै भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा सहयोग पुर्याउने उद्देश्यले नगद तथा अत्यावश्यक राहत सामग्री सहयोग गरेको छ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रु. २१,००,०००/- (अक्षरेपी एक्काइस लाख रुपैयाँ) र आफ्ना कर्मचारीहरूको तर्फबाट रु. ६०,५४,६०५/- (अक्षरेपी साठी लाख चौवन्न हजार छ सय पाँच रुपैयाँ) समेत गरी नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा रु. ८१,५४,६०५/- (अक्षरेपी एकासी लाख चौवन्न हजार छ सय पाँच रुपैयाँ) नगद सहयोग उपलब्ध गराएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)