दुबईमा डीडीसीको घिउ निर्यात नियमित, तिहारअघि थप डेढ टन जाँदै
canadanepal.com · Tue Oct 27 14:58:27 GMT 2026

काठमाडौं- सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले दुबईमा घिउ निर्यातलाई नियमित बनाएको छ। पहिलो पटक परीक्षणका रूपमा गरिएको निर्यात सफल भई माग बढेपछि संस्थानले तिहारको अवसर पारेर थप डेढ टन घिउ पठाउने तयारी गरेको छ।
डीडीसीले भदौको पहिलो साता ६०० केजी घिउ निर्यात गर्दै दुबईको बजारमा प्रवेश गरेको थियो। उपभोक्ताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएपछि हालसम्म तीनवटा लटमा करिब तीन टन घिउ दुबई पठाइसकिएको छ। डीडीसीका महाप्रबन्धक डा. शरण कुमार पाण्डेका अनुसार मागका आधारमा निर्यात प्रक्रियालाई निरन्तरता दिइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)