इरानी संसद्का सभामुख गालिबाफ चीनमामिला हेर्ने विशेष प्रतिनिधि नियुक्त
nepalbahas.com · Sun May 17 14:03:08 GMT 2026

इरानी संसद्का सभामुख गालिबाफ चीन मामिला हेर्ने विशेष प्रतिनिधि नियुक्त
३ जेठ, काठमाडौं । अमेरिकासँगको वार्तामा प्रमुख वार्ताकारका रूपमा उदय भएका इरानको संसदका सभामुख मोहम्मद बाघेर गालिबाफलाई चीनसँम्गको सम्बन्ध हेर्ने विशेष प्रतिनिधि नियुक्त गरिएको इरानी सञ्चारमाध्यमले आइतबार जनाएका छन्।
“मोहम्मद बाघेर गालिबाफलाई हालै इरानको चीन मामिलाका लागि विशेष प्रतिनिधिको रूपमा नियुक्त गरिएको छ,” तस्निम समाचार एजेन्सीले इरानी विश्वस्त स्रोतलाई उद्धृत गर्दै लेखेका छन्। इरानका राष्ट्रपति मसुद पेजेस्कियनको प्रस्ताव र सर्वोच्च नेता अयातोल्लाह मोजतबा खामेनीको प्रस्तावमा गालिबाफलाई उक्त पदमा नियुक्त गरिएको तस्निमले जनाएको छ ।
उनले इरान र चीनबीचको सम्बन्धका विभिन्न क्षेत्रमा समन्वय गर्ने बताइएको छ । गत मार्च १७ मा अमेरिका–इजरायली आक्रमणमा मारिएका दिवङ्गत सुरक्षा प्रमुख अली लारीजानीले पनि यस्तै अडान लिएका थिए । लारीजानीले चीनसँगको वार्तालाई अगाडि बढाउने जिम्मेवारी सम्हालेपछि इरान र चीनबीच सन् २०२१ मा २५ वर्षे सहयोग सम्झौता भएको थियो ।
फेब्रुअरी २८ मा इजरायल र अमेरिकासँग युद्ध सुरु भएपछि, गालिबाफ अप्रिलमा अमेरिकासँग एकल चरणको वार्तामा उच्च–जोखिम कूटनीतिको नेतृत्व गर्ने प्रमुख व्यक्तित्वको रूपमा देखा पर्नुभएको छ । अप्रिल ८ मा युद्धविराम हुनुअघि मध्यपूर्वमा फैलिएको युद्धमा पूर्व सर्वोच्च नेता अली खामेनीसहित धेरै वरिष्ठ इरानी अधिकारीहरू मारिएका थिए।
इरानले हालैका दिनहरूमा धेरै चिनियाँ जहाजहरूलाई रणनीतिक महत्त्वको ‘स्ट्रेट अफ होर्मुज हुँदै जान अनुमति दिएको छ, जुन युद्ध सुरु भएदेखि अवरुद्ध गरिएको एक महत्त्वपूर्ण विश्वव्यापी इन्धन ढुवानी मार्ग हो । रिभोलुसनरी गाड्र्सका अनुसार चिनियाँ जहाजहरू इरानको हर्मुज घाँटी व्यवस्थापन नियममा भएको सम्झौतापछि त्यहाँबाट गन्तव्यतर्फ छुटेका हुन् ।
Shares
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार
लेखकबाट थप
सम्बन्धित पोस्ट
जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै : अध्ययन
जेठ ३, २०८३ आइतबार
जलवायु परिवर्तन र महँगीको दोहोरो मारमा अष्ट्रेलियाको आवास क्षेत्र
जेठ ३, २०८३ आइतबार
हर्मुजमा इरानको नयाँ रणनीति, ट्रम्पको चेतावनीः शान्ति सम्झौता चाँडै नभए इरानले “धेरै नराम्रो समय” सामना गर्नुपर्ने
जेठ ३, २०८३ आइतबार
नेपालबहस ट्रेन्डिङ
गोजीका मान्छे नियुक्ति गर्न पर्यटन मन्त्री पौडेलको हतारो, ‘हेलो सरकार’मा पुग्यो उजुरी
नेपालबहस संवाददाता
जेठ १, २०८३ शुक्रबार
सरकारले छानबिन समिति बनायो, म ढुक्क छु, मेरो कुनै गल्ती छैन : सुधन गुरुङ
नेपालबहस संवाददाता
जेठ २, २०८३ शनिबार
हर्मुजमा इरानको नयाँ रणनीति, ट्रम्पको चेतावनीः शान्ति सम्झौता चाँडै नभए इरानले “धेरै नराम्रो समय” सामना गर्नुपर्ने
नेपालबहस संवाददाता
जेठ ३, २०८३ आइतबार
मकवानपुर प्रहरीकै ‘स्कर्टिङ’मा गाईगोरु तस्करी, पूर्व प्रहरीकै खुलासाले तानियो एसपीको नाम
नेपालबहस संवाददाता
जेठ ३, २०८३ आइतबार
Tweets by nepalbahas
लोकप्रिय
१
हर्मुजमा इरानको नयाँ रणनीति, ट्रम्पको चेतावनीः शान्ति सम्झौता चाँडै नभए इरानले “धेरै नराम्रो समय” सामना गर्नुपर्ने
जेठ ३, २०८३ आइतबार
२
मकवानपुर प्रहरीकै ‘स्कर्टिङ’मा गाईगोरु तस्करी, पूर्व प्रहरीकै खुलासाले तानियो एसपीको नाम
जेठ ३, २०८३ आइतबार
३
ऊर्जा खपत रणनीति २०८३ : आर्थिक वर्ष २०९३ सम्ममा खाना पकाउने एलपी ग्यासको अनुदान खारेज गरिने
जेठ ३, २०८३ आइतबार
छुटाउनुभयो कि?
इरानी संसद्का सभामुख गालिबाफ चीन मामिला हेर्ने विशेष प्रतिनिधि नियुक्त
जेठ ३, २०८३ आइतबार
जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै : अध्ययन
जेठ ३, २०८३ आइतबार
नौ अर्बभन्दा बढीको आईपीओ निष्कासन गर्न २४ कम्पनीले पाए अनुमति
जेठ ३, २०८३ आइतबार
ललितपुरको कुम्भेश्वर मन्दिर परिसरमा ढलेको पिपलको रुख हटाउँदै सुरक्षाकर्मी
जेठ ३, २०८३ आइतबार
सरकारविरुद्ध सडकमा उत्रिए बुटवलका सुकुम्बासीहरू ( फोटो फिचर )
जेठ ३, २०८३ आइतबार
सशस्त्र प्रहरीका दुई महिला कर्मचारी अनिता र निमडिक्कीले गरे सगरमाथाको सफल आरोहण
जेठ ३, २०८३ आइतबार
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)