मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

यू–१९ एसिया कपको तयारी : पोखरामा नेपालको बन्द प्रशिक्षण सुरु

lokaantar.com

आगामी एसीसी पुरुष यू–१९ एसिया कप क्रिकेटको तयारीका लागि नेपाली टोलीको बन्द प्रशिक्षण पोखरामा सुरु भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रारम्भिक चरणमा छनोट गरेका २८ खेलाडीलाई समेटेर मंगलबारदेखि पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा प्रशिक्षण सुरु गरेको हो ।

ओमानमा कात्तिक १९ देखि २८ गतेसम्म आयोजना हुने प्रतियोगिताका लागि नेपाली टोलीले पोखरामा पाँच दिन प्रशिक्षण गर्नेछ । यस क्रममा चार वटा अभ्यास खेल खेलाइने प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)