कञ्चनपुरमा सडक दुर्घटना हुँदा दुईकाे मृत्यु
ekagaj.com · Fri May 20 21:24:45 GMT 2022
कञ्चनपुर । शुक्लाफाँट राष्ट्रिय निकुञ्जको अर्जुनी व्यारेक नजिक पूर्वपश्चिम राजमार्गमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जीप र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।
महेन्द्रनगरदेखि धनगढीतर्फ गइरहेको से १ च ४४८ नम्बरको जीप र झलारीदेखि महेन्द्रनगरतर्फ आइहेको म २ प ६८९३ नम्बरको मोटरसाइकल बेलुकी ब्यारेक नजिकैको जङ्गलमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । मृत्यु हुनेमा वेदकोट नपा–५ का ३५ वर्षीय गणेशबहादुर बम र १८ वर्षका भुतेश बम रहेका प्रहरी प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)