प्रतिनिधिसभामा आज प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने
annapurnapost.com · Wed Aug 26 02:27:36 GMT 2026

काठमाडौं : बालेन्द्र शाहले प्रधानमन्त्री भएपछि नियमावलीअनुसार आज पहिलो पटक प्रतिनिधिसभामा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदैछन्। सभामुख डिपी अर्यालले सांसदहरूको प्रश्नको जवाफ दिन रुलिङ गरेपछि प्रधानमन्त्री बालेन संसदमा जवाफ दिने भएका हुन्।
संसद सचिवालयको कार्यसूची अनुसार आज १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सांसदहरूले सोधेको प्रश्नको जवाफ दिनेछन्। सचिवालयका अनुसार सत्तापक्ष र प्रतिपक्ष गरी ११ जना सांसदले प्रधानमन्त्री शाहलाई प्रश्न सोध्दैछन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)